भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या


१२ असार २०७८, शनिबार


हत्या

कर्णाली ब्युरो । भारतको हिमाञ्चल प्रदेश रिकांगपिओमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ ।

गत सोमबार भारतको रिकागंपिओमासँगै आयआर्जन गर्न गएकी जाजरकोट भेरी नगरपालिका–२ डिंगा स्थायी निवासी वर्ष ३८ की नेने राणाको आफ्नै देवर र भिनाजुले बलात्कार पछि हत्या गरेको भारतीय सञ्चार माध्यम पन्जाब केसरीले बताएको छ ।

राणाको हत्या गरेको आरोपमा जाजरकोट भेरी नपा डिंगा स्थायी निवासी २६ वर्षका कृष्ण बहादुर थापा र ४० वर्षका दलवीर थापा अहिले भारतीय प्रहरीको नियन्त्रण रहेको भारतीय एस.पी अधिकले पन्जाब केसरीलाई बताएका थिए ।

नाम नबताउने जाजरकोट निवासी एक जनाका अनुसार राणाको दुई जनाले बलात्कार गरेको र प्रहरीलाई खबर गर्न खोज्दा हत्या गरेको हो ।

भारतीय प्रहरी अधिकारी एस.पी का अनुसार सो घटनाको सत्यता पत्ता लगाउन भारतीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस