ललितपुर महानगरपालिकाको बजेट पेश हुन सकेन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ललितपुर महानगरपालिकाको बजेट पेश हुन सकेन


१० असार २०७८, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाले आज बजेट पेश गर्न नसक्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको नगरसभाको बैठक बहुमत सदस्यले बहिस्कार गरेपछि बजेट पेश हुन नसकेको हो।

बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगर सभा नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेपछि १ बजेलाई सारिएको थियो। हिजो नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएको भन्दै बहुमत सदस्यले बजेट अधिवेशन बहिस्कार गरेका हुन्।

बजेट पेश गर्ने तयारी भएपनि बहुमत सदस्य उपस्थित नभएपछि अहिले नीति तथा कार्यक्रमको छलफललाई नै निरन्तरता दिइएको उपमेयर गीता सत्यालले जानकारी दिइन्। उनका अनुसार अब सबैलाई समेटर बजेट भोलि (शुक्रबार) मात्रै प्रस्तुत गरिने भएको छ।

नीति तथा कार्यक्रम हिजो नगरसभामा पेश भएको थियो। नगरप्रमुख चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगर सभा सदस्यहरुले बताएका छन्। प्रमुख महर्जन अल्पमतमा रहेका कारण हरेक वर्ष बजेट पेश हुने बेलामा झमेलामा पर्दै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस