मनाङको मर्स्याङ्दी नदीमा फेरि आयो बाढी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मनाङको मर्स्याङ्दी नदीमा फेरि आयो बाढी


९ असार २०७८, बुधबार


लमजुङ । मनाङको सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमा बुधबार फेरि बाढी आएको छ । मंगलबार रातिको भीषण बर्षाका कारण बाढीले झन् ठूलो रुप लिएको हो । बर्षापछि आएको बाढीले माथिल्लो मनाङ जाने बेलिब्रिज नै नाघेर छ । यसले नजिकैको लोकप्रिय माविलाई समेत जोखिममा पारेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ३ दिनयता लगातार बेलिब्रिजलाई जोखिममा पार्ने गरी बाढी आइरहेको छ । मंगलबार रातिको भीषण बर्षाले बाढीले झन् ठूलो रुप लिएको उनले बताए । केही दिनयता सुरक्षाकर्मीले पुल जोगाउन विभिन्न कामहरु गरिरहे पनि बाढी बढ्दै गएकाले समस्या परेको बताए ।

उनका अनुसार पुल, स्कुल र बस्ती जोगाउन प्रहरी खटिरहेका छन् । बुधबार बिहानीदेखि एक्कासि बढेको बाढीका कारण ती संरचनाहरु थप जोखिममा परेको उनले बताए । सशस्त्र प्रहरी बल नं. ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार बेलिब्रिजबाट ओभरफ्लो भएर पानी बगेको छ । पारिपट्टि चामेका ५/६ घर फेरि डुबानमा परेका छन् ।

जेठ ३१ गते रातिदेखि आएको बाढीले नदीको पिँधमा बालुवाजन्य पदार्थ थुपारिदिँदा पुल र बस्ती जोखिममा परेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । सुरक्षाकर्मी लगाएर बगाएर ल्याएको रुखलाई हटाउने प्रयास गरिए पनि पुनस् थपिादै आएको उनले बताए । जेठ ३१ रातिदेखिको निरन्तर वर्षाका कारण मनाङमा ५६ घरलाई पूर्ण क्षति पुर्‍याएको छ । २ सय बढी घर जोखिममा रहेको मनाङ प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस