बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै


९ असार २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक अहिले १ बजे बालुवाटारमा बस्ने भएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टी एकता तथा अदालतको अन्तरिम अदेशपछिको उत्पन्न वस्तुस्थितिबारेमा केन्द्रीत भएर छलफल हुनेछ । नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।

प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते दुई चरणमा विस्तार गरेको मन्त्रिपरिषदलाई मंगलबार सर्वोच्चको इजलासले बदर गर्ने अन्तरिम आदेश गरेको थियो । सो अदेशपछि उत्पन्न परिस्थति र अगाडि बढ्ने कार्यनीतिबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले मंगलबार साँझ नै पदमुक्त भएका मन्त्रीहरुसँग पनि छलफल गरेका थिए।

आजको बैठकमा स्थायी कमिटीका सदस्य तथा पदमुक्त भएका मन्त्रीहरुकोसमेत सहभागीता रहने छ । सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिने यसअघि आदेश गरेपछि एमाले भ्याकेटमा गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस