ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा पास भएकाले पुनः मेडिकल परीक्षण गर्नुपर्ने(सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा पास भएकाले पुनः मेडिकल परीक्षण गर्नुपर्ने(सूचनासहित)


९ असार २०७८, बुधबार


काठमाडौँ। ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरूले पुनः मेडिकल परीक्षण गराउनुपर्ने भएको छ ।

२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरूबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल थिमिबाट उनीहरूले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्नेछन् ।

पहिले निजामती कर्मचारी अस्पतालमा स्वास्थ्य परीक्षण गराएकाहरूले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गराउनु पर्ने छ । निजामती कर्मचारी अस्पतालले विशेष कारणवश स्वास्थ्य परीक्षण नगर्ने जानकारी प्राप्त भएकाले शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस