ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ज्वाला संग्रौलालगायतलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी


७ असार २०७८, सोमबार


काठमाडौँ । प्रहरी कार्यालयमै महिलामाथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहितलाई अभद्र व्यवहारमा मुद्दा चलाइने तयारी भएको छ ।

अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले आइतबार कुटपिट गरेको अभियोगमा सङ्ग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको छ ।

खुश्बु सिंहले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । त्यसबाहेक प्रहरीलाई गरेको रङ्गभेदी टिप्पणीमाथि पनि अनुसन्धान गरिने भएको प्रहरी स्रोतले जानकारी एको छ ।

ज्वाला सङ्ग्रौलाको वास्तविक नाम टीका सङ्ग्रौला हो । आफूलाई नागरिक अभियन्ता बताउँदै आएकी उनले प्रहरी कार्यालयभित्रै खुश्बु सिंहलार्य कुटपिट गरेको र असई मणिकान्त झालाई रङ्गभेदी टिप्पणी गरेपछि विवादमा तानिएकी हुन्।

प्रतिक्रिया दिनुहोस