घुससहित सहायक वन अधिकृत पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुससहित सहायक वन अधिकृत पक्राउ


६ असार २०७८, आइतबार


अख्तियार

धादिङ । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजारसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । पौडेलले गत कार्तिकदेखि नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस