२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निरपेक्ष मित्र !

अ+ अ-

प्रिय निरपेक्ष मित्रताको आत्मीय साथी,
जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना !
तिमीलाई तिम्रा हितका सबै कामका लागि शुभकामना !

जन्मदिनको शुभकामना ! यो निकै ठुलो शब्द हो।यो कति रमाइलो छ ? कति विशाल छ ? यसबारे मसँग धेरै कुरा भन्नु छ, तर म यसलाई सरल शब्द-समीकरणहरुको केही पृष्ठमा घटाउने कोसिस गर्दै छु।

आज तिम्रो जन्मदिन, सर्वप्रथम यस पावन दिनको अवसरमा म सर्वशक्तिमान्लाई प्रार्थना गर्दछु कि: तिमिलाई विगतका पलहरूले कहिल्यै नसताओस् अनि आगामी जीवनमा कहिल्यै पछाडि फर्केर निराश हुन नपरोस्, जन्मदिनको एक भूगोल शुभकामना टक्र्याउँदछु, स्विकार्नु ल !

तिमी हेलो साथी, भलो साथी, मित साथी, युवा साथीभन्दा निकै माथि ‘निरपेक्ष मित्र’ को रूपमा रह्यौँ जो एक हृदयको ऐनाजस्तै छ। वर्तमान समयमा जीवनका हरेक प्रहरहरूमा प्रेरणा र मार्गदर्शन प्रदान गर्ने अर्थात् भलो चिताउने सायद कमै पात्र मात्र भेटिन्छन् जुन पात्रको स्थानमा तिमिले आफ्नो स्थान सुरक्षित राख्न सफल भयौ, त्यसको लागि तिमिलाई हार्दिक बधाई छ।

मेरो मित्रताको योग्यता नि कस्तो अजीव खालको छ जुन मलाई नै अजीव लाग्छ।तर तिमी मेरो मित्रताको योग्यतामा उपल्लो स्थान हासिल गरी योग्य ठानियौ।किनकि, तिमीले सुरुदेखि नै उत्तम मित्रहरूले जवाफ दिँदैनन्,उनीहरू आफैँमा उत्तर खोज्ने इच्छा जगाउँदछन् ”भन्ने कुरा पुष्टि गर्दै आयौ।व्यक्ति पूजाको जमानामा बोलेर मात्र नजिक भइने रहेनछ।शब्दले भन्दा सामीप्यले नजिक भइने रहेछ।अक्सर यहाँ कसैलाई गरेको प्रशंसा कसैलाई आलोचना त कसैलाई गरेको आलोचना कसैलाई प्रशंसा हुन पुग्दो/भइदिँदो रहेछ।आज मन परेको मान्छे भोलि मन नपर्न सक्दो रहेछ।आज भेटेको मान्छे भोलि नभेटिन सक्दो रहेछ।व्यक्ति पूजा नै गर्नु छ भने त ज-जसको सुची बनाए पनि भो, अनि बुर्का लगाएर जति फोटो खिचे नि भो।

तर यी सब कुरा मिथ्या हुन् भन्ने कुरा तिमिले सिकायौ र तिम्रो यही विशेष धारणा नै मलाई सर्वप्रिय लाग्यो।म तिमीलाई धन्यवाद दिन चाहन्छु।धन्यवाद यो मानेमा कि तिमी निस्स्वार्थ, समर्पित, मेहनती छौ र तिमीसँग प्रशंसा, भक्ति, प्रेरणा र आत्मीयता जो छ त्यसको लागी म सधैँ तिमीलाई सम्झिने गर्दछु।

साँच्चिकै भन्नुपर्दा तिमी खुसी, आनन्दित र एकदम सुन्दर मात्र नभई तिमीसँग सुनको मुटु र जादुगर व्यक्तित्व छ।तिम्रो मुस्कान एक फ्लुको जस्तै सङ्क्रामक लाग्छ र तिम्रो आवाजको तारिफ त मैले यसै प्रशासन डटकम डेस्कबाट २९ अगस्त २०२० मा प्रकाशित “आवाजसँगको प्रेम” र १२ सेप्टेम्बर 2020 मा प्रकाशित “निरपेक्ष मित्रताको आत्मीय साथी” शिर्षककको आलेखहरूमा प्रस्तुत गरिसकेको छु।

वास्तवमै तिमी आफैमा एक खुसी छौ।खुसी भनेको के हो ? जुन तिमीलाई नसोधी पूर्ण हुन सक्दैन जस्तो लाग्छ।तिम्रो जन्मदिनको अवसरमा तिमिलाई विगत स्मरण प्रस्तुत गर्ने, वर्तमान प्रकट गर्ने अनि भविष्य सृजना गर्ने तथा तिमीले चिताएको कुराहरूको सम्पन्नता, समृद्धि एवं सफलता प्राप्त होस्।म प्रार्थना गर्दछु कि तिम्रो जन्मदिन र तिम्रा हरेक अन्य दिन उत्तम होउन्। तिम्रा हित हुने सबै कामका लागि शुभकामना!

तिम्रो जीवनले आजबाट अझ नयाँ अर्थ, स्मारक सफलता, असीम दशकहरू, स्वस्थ जीवनशीलता, वर्षौँको जीवन्तताका साथै समृद्धि प्राप्त गरोस्।तिम्रो यस जन्मदिनमा म तिमीलाई शुद्ध खुसी, निर्मल र अद्भुत जीवनको शुभकामना बाहेक केही भन्नु चाहन्न,।तिम्रो आनन्दित जीवन शताब्दियौं सम्म स्फुर्तदायी रहोस्।मेरो सबैभन्दा राम्रो बहादुर मित्रलाई जन्मदिनको अपार शुभकामना !

तिम्रो बहादुरी र कडा परिश्रम तिम्रो मात्र नभई तिम्रो घर, परिवार, समाज र राष्ट्रकै लागि गर्व गर्न लायक छ र रहिरहोस्।तिमी तिम्रा सबै प्रयासहरूको लागि प्रशंसाको हकदार छौ।तिम्रो जन्मदिनमा तिम्रा सबै शुभचिन्तकहरूबाट तिमिलाई प्राप्त सबै शुभकामनाहरू र आशिर्वादहरु तिम्रा लागि योग्य छन्। तिम्रो यो सबभन्दा राम्रो दिनमा विगतमा मेरा ज्ञात, अज्ञात गल्तीहरू र यो पत्रमा ‘तिमि’ भनेर गरेको सम्बोधनको साँचो क्षमाको लागि समेत तिमीलाई निवेदन गर्न चाहन्छु।

यो पत्रमा मैले शुभकामना सन्देश बाहेक अरू लेख्न चाहिनँ।किनकि, हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन् त्यसैले मैले सक्ने जति शब्दमा लेखे।मेरा यी केही शब्दहरू बिट मार्नुभन्दा पहिला एउटा निवेदन गरे कि यदि तिमिले मेरा जिज्ञासाहरूको जवाफ लेख्छौ या लेख्ने कष्ट गर्छौ भने धेरै नलेख्नु।किनकि, केही सम्बन्धहरू भनेर हुँदा रहेनछन् यी त केवल समयले आफै विकास गर्दो रहेछ।त्यसैले सक्छौ भने केवल हृदयको भाषा मात्र लेख्नु। यति लेखे, पुग्छ मलाई।

अन्त्यमा, म तिम्रो साथी बन्न सकेकोमा ठुलो गर्व गर्दै तिमिलाई तिम्रो जन्मदिनमा मैले कुनै घडी उपहार या अन्य कुनै भौतिक उपहार नदिई उल्लिखित शब्द समीकरणसहितको समय (Time) उपहार दिन चाहे।आज पर्न गएको तिम्रो जन्मदिनमा A, B, C, D,…… देखी क, ख, ग, घ,……लगायत सप्तरङ्गी रङ्गहरूदेखि गणितको समीकरणसहितको हार्दिक मङ्गलमय शुभकामना !!

प्रतिक्रिया दिनुहोस