राष्ट्रिय अनुसन्धान विभागका दुई एसपी र ९ डिएसपीसहित ११ जनाको बढुवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय अनुसन्धान विभागका दुई एसपी र ९ डिएसपीसहित ११ जनाको बढुवा


४ असार २०७८, शुक्रबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका ११ अधिकारीको बढुवा भएको छ ।

विभाग स्रोतका अनुसार दुई एसपी(उपअनुसन्धान निर्देशक)को एसएसपी(सह अनुसन्धान निर्देशक) र ९ नौ जना डिएसपी(प्रमुख अनुसन्धान अधिकृत)को एसपीमा बढुवा भएको हो ।

सहअनुसन्धान निर्देशक हुनेमा नविन अधिकारी र राजन उप्रेती रहेका छन् भने प्रमुख अनुसन्धान अधिकृतबाट उपअनुसन्धान निर्देशकमा बढुवा हुनेमा प्रज्वल खड्का, प्रकाश आचार्य, सन्तोष ढुंगेल, राजन प्रजापती, बसु सिग्देल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झा र लक्ष्मी पौडेल रहेका छन् ।

बढुवामा विभेद भएको भन्दै विभागका केही अधिकारीहरू असन्तुष्ट भएका छन् । जिल्लामा बसेर खटेर काम गर्ने भन्दा राजधानीमै बसेर सुविधा लिनेहरू बढुवामा परेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

अहिले बढुवा भएका मध्ये एक दुई जना एक वर्ष जिल्ला बसेको भए पनि अन्यको भने खासै जिल्ला बसेको अनुभव नभएको एक अधिकारीले प्रशासनलाई बताए । काठमाडौँ नै नछोडेका र विदेशसमेत घुमिसकेकाहरू बढुवा हुँदा दुर्गम तथा विभिन्न जोखिमयुक्त काम गरेकाहरू बढुवामा छुट्नु दुःखद भएको ती अधिकारीको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस