नौ वटै तहमा खोप अभियान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नौ वटै तहमा खोप अभियान


४ असार २०७८, शुक्रबार


बाजुरा । नौ वटै स्थानीय तहमा शुरु भएको खोप अभियानअन्तर्गत बाजुरामा हालसम्म एक हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएका छन् ।

चीन सरकारको सहयोगमा नेपाल सरकारले लगाउन शुरु गरेको सो खोप जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहलाई उपलब्ध गराइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

बाजुरामा गत जेठ २७ देखि ३० गरी ४ दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा जिल्लाका नौ वटै स्थानिय तहका १ हजार ६ सय १८ जनाले ‘भेरोसेल’ खोप लगाएको पन्तको भनाइ छ ।

जिल्लामा ४१ खोप केन्द्रबाट ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्धबृद्धालाई खोप लगाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस