बुढीगण्डकीमा आएको बाढीले चार घर बगायो, सात घर जोखिममा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बुढीगण्डकीमा आएको बाढीले चार घर बगायो, सात घर जोखिममा


२ असार २०७८, बुधबार


गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ । आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ । विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ ।

नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको उनको भनाइ छ । त्यस्तै सल्लेरीमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्पसमेत बाढीको उच्च जोखिममा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस