निषेधाज्ञामा फिटनेस सेन्टर खोल्ने दुई पक्राउ, एक लाख पाँच हजार जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निषेधाज्ञामा फिटनेस सेन्टर खोल्ने दुई पक्राउ, एक लाख पाँच हजार जरिवाना


२ असार २०७८, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले टेकुमा रहेको इलाइट फिटनेस सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ । जिम खाना सञ्चालक काठमाडौँका ५४ वर्षीय गौतमबहादुर श्रेष्ठ र कामदार सुनसरी घर भएका दीपक थापालाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिम हल सञ्चालक श्रेष्ठलाई १ लाख र कामदार थापालाई ५ हजार जरिवाना गरेको छ ।

प्रतिक्रिया दिनुहोस