नेपाल बारबाट एमिकस क्युरीमा अधिवक्ता वैद्य र मल्ल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल बारबाट एमिकस क्युरीमा अधिवक्ता वैद्य र मल्ल


१ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा चयन गरेको छ । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।

सर्वोच्च अदालत बार एशोसिएसनले पनि मंगलबार नै दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रुपमा मनोनयन गरेको छ । सचिव ऋषिराम घिमिरेका अनुसार वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् ।

मंगलबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई/दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो ।

जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।

कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ । प्रतिनिधिसभा विघटन विरुद्धमा सर्वोच्चमा २४ रिट निवेदन दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस