२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अ+ अ-

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । सभामुखले बाह्रबीसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिका, जलवीरेस्थित जलवीरे प्राथमिक स्वास्थ्यलाई सामग्री हस्तान्तरण गरेका हुन्।

सभामुख सापकोटाले केन्द्रको अवलोकन गरी नगर प्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रिन र केन्द्रका निमित्त प्रमुख डा अनिलकुमार राउतसँग केन्द्रमार्फत दिइएको स्वास्थ्य सेवा र अभावका बारेमा जानकारी लिएका थिए

स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर 

सभामुख सापकोटाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रकमबाट जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर गरिएको छ । यसअघि पनि चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाकालगायत पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर गरिएको थियो ।

विपद्पूर्व तयारीमा जुट्न आग्रह 

सभामुख सापकोटाले स्थानिय तहका जनप्रतिनिधिलाई वर्षात्का कारण  हुन सक्ने सम्भावित जोखिम र कोभिड–१९ को सम्भावित तेस्रो लहरका लागि पूर्वतयारीमा रहन आग्रह गरे ।  बाह्रबीसे नगरपालिका प्रमुख र उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलका क्रममा उनले नगरपालिका गरिरहेको पूर्वतयारीका सम्बन्धमा जानकारी लिएका थिए। यस्तै सभामुख सापकोटाले बलेफी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बद्ध अधिकारीलाई सम्भावित विपत्तिबारे सतर्क रहन र पूर्वतयारीमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस