इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

इजरायलका प्रधानमन्त्री नाफतली बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई


३१ जेष्ठ २०७८, सोमबार


जेरुसेलम । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेको बताइएको छ ।

इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएका थिए । उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको बताइएको छ ।इजरायलका प्रधानमन्त्री बेनेटले सपथ लिएको दुई घन्टापछि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएको बताइएको छ ।

त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ ।

इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले आइतबार राति इजरायलको प्रधानमन्त्रीका रुपमा सपथ लिएका थिए । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई फोन गरेर बधाई दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस