२४ घण्टामा थप ३३८४ जनामा कोरोना पुष्टि, ६२९५ जना संक्रमणमुक्त, ६१ को मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा थप ३३८४ जनामा कोरोना पुष्टि, ६२९५ जना संक्रमणमुक्त, ६१ को मृत्यु


२९ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५०६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ ८३ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।

सोही अवधिमा कोरोनाका कारण ६१ जनाको मृत्यु भएको छ।

नयाँ संक्रमितमध्ये काठमाडौँमा ३ सय ९१, ललितपुरमा १ सय ३० र भक्तपुरमा ७७ जना गरी उपत्यकामा ५ सय ९८ जना संक्रमित थपिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस