जनमोर्चाका सांसद कृष्ण थापा पुनः पदमुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनमोर्चाका सांसद कृष्ण थापा पुनः पदमुक्त


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनः कारबाही गरेको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लङ्घन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

प्रदेशसभाको आज(शुक्रवार) बस्न लागेको बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।

यसअघि जनमोर्चाले हृवीप उल्लङ्घन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिवर्तन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गएका थिए ।

सर्वोच्चले एउटा काम कारबाहीका लागि जारी भएको हृपीप सो खास कार्य हुन नसके परिस्थिति परिवर्तन भएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐन उल्लङ्घन भई दल त्याग भएको मानिन सक्छ कि सक्दैन भन्ने कानुनी व्याख्याको विषय भएको भन्दै थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस