सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गरेका छन्।

प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका गरेका हुन् ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस