बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाइँदै


२७ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेपाली राजनीतिमा परिवारवाद राम्रै स्थान पाइरहेको छ । पछिल्लो समय पति-पत्नी नै मन्त्री मात्र होइन, पति आउट हुँदा पत्नी इन र पत्नी इन हुँदा पति आउटका ज्वलन्त उदाहरण अहिलेकै मन्त्रिमण्डलमा देख्न सकिन्छ । आजै विस्तार गर्न लागेको भनिएको मन्त्रिपरिषद् विस्तारका क्रममा पनि नेकपा एमालेका नेता रामबहादुर थापा(बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधि मन्त्री बन्ने भएकी छिन् ।

सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनः नियुक्ति तत्काल सम्भव नभएपछि सोही आदेशबाट मन्त्री पदबाट हटेका बादल बाहिर हुने भएपछि पत्नी नैनकलालाई नै मन्त्री बनाउन थालिएको सिँहदरवार उच्च स्रोतको भनाई छ ।

अपराह्न ४ बजे मन्त्रीहरूको शपथ तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस