२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अकोराब कर्णालीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

कर्णाली । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल, कर्णाली प्रदेश समितिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ध्यानाकर्षण गराएको छ । समितिले सामुदायिक रेडियोहरुको क्षमता विकास तथा अकोरावको संस्थागत विकाससम्बन्धी ११ बुँदे माग राखेर आइतबार मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले सामुदायिक रेडियोहरुले गराएको ध्यानाकर्षणलाई गम्भीरताको साथ लिएको र मागको उचित सम्बोधन हुने बताए। ‘कर्णालीको हकमा सामुदायिक रेडियोहरु नै सूचनाको निर्विकल्प र पहिलो स्रोत भएको कुरामा म जानकार नै छु’, उनले भने, ‘सरकार आवश्यक सहयोग गर्न तयार छ ।’ अकोराब प्रदेश सचिव दीपेन्द्र ओलीले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारसँग एफएम रेडियोको दर्ता गर्ने, इजाजत दिने र नियमन गर्ने प्रबन्ध भएकाले आम सञ्चार नीतिको मर्म र भावनानुरुप हुनेगरी कर्णाली प्रदेश सरकारले प्रसारणसम्बन्धी नयाँ कानूनी व्यवस्था मिलाउन माग गरिएको जानकारी दिए ।

उनका अनुसार सामुदायिक रेडियोको हकमा छुट्टै नीति नियम निर्माण गरी त्यसमा अकोरावको प्रदेश समितिसँग आवश्यक छलफल गर्न र सञ्चार माध्यमको लोकतान्त्रिकरणसम्बन्धी विश्वव्यापी मान्यताविपरीत स्थानीय र प्रदेश सरकारहरुले आफै एफएम रेडियो सञ्चालन गर्ने कुराको जोडदार विरोध गरिएको छ । यसैगरी रेडियोबाट विज्ञापन, जनहितका सन्देश, कार्यक्रम उत्पादन र प्रसारण गर्ने सन्दर्भमा समानुपातिक विज्ञापन नीति निर्माण गर्न ध्यानाकर्षण गरिएको छ ।

आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन प्रक्रियामा सामुदायिक रेडियो प्रसारक सङ्घ प्रदेश समितिको तर्फबाट प्रतिनिधित्व सुनिश्चितता, समस्यामा परेका रेडियोको पूर्वाधार निर्माण, उपकरण खरिदमा अनुदान, स्वयंसेवी पत्रकारितासम्बन्धी तालिम तथा जागरण कार्यक्रम सञ्चालन गर्न सहयोग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस