२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरे दोहनमा अघिल्ला सरकार पनि जिम्मेवार : अध्यक्ष बिजुक्छेँ

अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुरे संरक्षणका लागि सबै उत्तिकै सक्रिय हुनुपर्ने बताएका छन्।

भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘ङाँतापोल्हँ जीर्णोद्धार २०७७’ पुस्तकको आज भर्चुअलरुपमा सार्वजनिक गर्दै उनले भने, ‘चुरे पहाड नेपालको महत्वपूर्ण प्राकृतिक स्रोत हो, यसको संरक्षण गर्नु आवश्यक छ तर चुरे दोहनमा वर्तमान सरकार मात्रै नभई अघिल्ला सरकारहरु पनि जिम्मेवार रहेका छन्, यसमा विदेशी स्वार्थ रहेको प्रष्ट छ ।’ पाँचतले मन्दिर र अन्य साँस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरु मानव जातिको शिल्प, कला र विश्व शान्तिको निम्ति एक महत्वपूर्ण शिक्षालयको रुपमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले योग्यता र अनुभवविना मन्त्री बनाउने प्रचलनका कारण मन्त्रालयहरु लथालिंग रहेको बताउँदै सरकारमा गएका राजनीतिक पार्टीले सही काम गर्न नसक्दा देश आर्थिक र राजनीतिक रुपमा झन् पछाडि धकेलिएको आरोप लगाए ।

कुनै पनि नयाँ भौतिक निर्माण गर्दा त्यहाँ रहेका प्राकृतिक स्रोतबारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताउदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले यहाँका मुख्य–मुख्य स्मारकबारे अध्ययनलाई चालु राख्नुपर्ने र पाठ्यक्रममा पुरातत्व विषयलाई समेट्न आवश्यक पहल गर्नुपर्ने बताए ।

पाँचतले मन्दिरबारे प्रस्तुत प्रतिवेदन दस्तावेजको रुपमा रहेको बताउदै उनले ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत इन्जिनियर तथा प्राविधिकहरुलाई दक्ष बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले आजभन्दा ३२० वर्ष अगाडि बनेको पाँचतले मन्दिरको दोस्रो पटकको जीर्णोद्धार भक्तपुर नपाले जनताको सहभागितामा उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गरेको बताए। उनले दरबार क्षेत्रमा ९९ चोक उत्खनन् गर्नुपर्ने, भक्तपुरको पुरानो नपाको भवन, कला संग्रहालय जीर्णोद्धार गर्नुपर्नेलगायतका ठूला योजनामा नपाले पहल गर्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार अरुको सहयोगमा भर परेर नभई आफ्नै पौरखले सम्पन्न गर्नुपर्ने भावनासहित सम्पदा पुनःनिर्माण र जीर्णोद्धारका काम प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जनताकै सहयोग र सहभागितामा मौलिक शैलीमै सम्पन्न गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस