२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल र प्रयोगशाला भवन शिलान्यास: मुख्यमन्त्री गुरुङ

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको आज शिलान्यास गरेका छन् ।

सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङक्रमणले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको बताउँदै मुख्यमन्त्री गुरुङले यस अस्पताललाई गण्डकी प्रदेशको मात्र नभई देशको नै आशा भरोसायुक्त अस्पतालको रुपमा विकास गरिने बताए ।

अस्पतालको भौतिक पूर्वाधार विकास मात्र नभई आवश्यक दक्ष जनशक्तिको व्यवस्था गरिने कुरामा आफु प्रतिवद्ध भएको बताउँदै उनले मानव जीवनको रक्षार्थ गरिने यस किसिमका विकास निर्माणलाई सबैको साथ र सहयोग आवश्यक हुने बताए । कोरोना परीक्षणको नतिजा ढिलो आउने गरेको जनगुनासोलाई सम्बोधन गर्दै २४ घण्टा भित्रमा नतिजा उपलब्ध गराउनेतर्फ प्रदेश सरकार लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालको पहिलो वर्षमा ५० शय्या, दोश्रो वर्षमा ५० हुँदै कूल दुई सय शय्या पु¥याउने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलले तीन तहका सरकार, स्थानीय समुदाय स्वास्थ्यकर्मीको समन्वय र सहकार्यमा तोकिएको समय एवम् गुणस्तरीय निर्माणमा जोड दिइने बताए।

स्थानीय सक्रियता एवम् लायन्स अस्पतालको रुपमा सञ्चालीत उक्त अस्पताललाई डेढ वर्ष अघि प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पतालका रुपमा परिणत गरी स्वास्थ्य सेवा प्रदान गर्दे आएकोमा हालसम्म छ सय कोरोनाका बिरामीको उपचार गरेको अस्पतालका कार्यकारी निर्देशक डा। विकास गौतमले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङले सोही अस्पतालमा व्यवस्था गरिएको सात शय्याको सघन उपचार कक्ष (आइसीयू) सेवाको समेत आजै शुभारम्भ गरे । अस्पतालको जग्गा एक सय रोपनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस