पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ


२६ बैशाख २०७८, आइतबार


pakrau

जनकपुरुधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय शिवजी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

वैशाख २० गते घर अगाडिको आँपको बगैंचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएको साहमाथि अभियोग छ । शरीरको अधिकांश भाग चलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारको लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

घटनापछि फरार भएका साहलाई मलंगवा नगरपालिका–५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस