कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने


२६ बैशाख २०७८, आइतबार


sanghiya sansad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ । आज बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो।

प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेका सांसदहरुले मात्र प्रवेश गर्न पाउने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस