प्रधानमन्त्रीलाई विश्वासको मत नदिने महन्थ ठाकुरद्वारा जानकारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने महन्थ ठाकुरद्वारा जानकारी


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।

आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरु तटस्थ बस्ने जानकारी गराएका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।

सम्बन्धित समाचार : देउवालाई भेटेर बालुवाटार पुगे ठाकुर र महतो

जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का भएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली काँग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि २७ गते सोमबार संसद्को विशेष अधिवेशन बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस