ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अधिकारीको अवकाश « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अधिकारीको अवकाश


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधु सुदन अधिकारीले अनिवार्य अवकाश लिएका छन् ।

निजामती सेवामा २२ वर्ष सेवा अवधि पछि बिहीबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट बिदाइ भएका हुन् ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको प्रशिक्षकबाट जागिरे यात्रा प्रारम्भ गरेका अधिकारीले १० वर्ष प्रशिक्षक र २ वर्ष कार्यकारी निर्देशक गरी १२ वर्ष प्रशिक्षण केन्द्रमा, करिब साढे तीन वर्ष उपमहानिर्देशक र १ वर्ष महानिर्देशक गरी करिब साढे चार वर्ष नापी विभागमा काम गरे ।

कायममुकायम सचिव र सचिव गरी दुई पटकमा एक वर्ष पाँच महिना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बिताएका सचिव अधिकारीले १ वर्ष जल तथा ऊर्जा आयोगको सचिवालयमा, १ वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र एक वर्ष बढी सहरी विकास मन्त्रालय हुँदै साढे सात महिना पछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट अवकाश लिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस