१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषद्को निर्णय


२२ बैशाख २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

उनका अनुसार डीसीसीएमसीलाई दिइने सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने छ । उनले कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलवस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७– ७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पूर्व रुकुमलाई ५/५ लाख रुपैयाँ छुट्याइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस