जिप दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिप दुर्घटनामा चालकको मृत्यु


२२ बैशाख २०७८, बुधबार


देउखुरी । दाङमा  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा १३च ८०४८ नंको जिप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने घोराही–४ उर्लेकेनी ओरालोमा सडकबाट करीब ८०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गाडी चालक घोराही–१६ का अन्दाजी २८ वर्षीय विष्णु गिरीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिए ।

दुर्घटनामा तुलसीपुर–१६ का अन्दाजी २३ वर्षीय वसन्त भण्डारी र तुलसीपुर–४ का ३३ वर्षीय राजकुमार थापा घाइते भएका छन् । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डोजर मर्मतका लागि रोल्पा पुगेका उनीहरु जिप रिजर्भ गरेर दाङ फर्कँदै गरेका थिए । राति दुर्घटना भए पनि कसैले थाहा नपाएका कारण आज बिहान मात्रै घाइतेहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस