बाँकेमा थप एक हप्ता बढाइयो निषेधाज्ञा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाँकेमा थप एक हप्ता बढाइयो निषेधाज्ञा


प्रशासन संवाददाता

२० बैशाख २०७८, सोमबार


काठमाडौँ । बाँकेमा थप एक हप्ता निषेधाज्ञा बढाइएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो ।

यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न (चेन ब्रेक) गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस