लुम्बिनीमा पोखरेलकै नेतृत्वमा सरकार बनाउने निर्णय, आजै शपथ खुवाउने तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा सरकार बनाउने निर्णय, आजै शपथ खुवाउने तयारी


१९ बैशाख २०७८, आइतबार


बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शङ्कर पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

आइतबार बिहान बुटवलस्थित न्यु इरा होटेलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।

आजै प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार : लुम्बिनीमा एमाले संसदीय दलको बैठक जारी, पोखरेल नै मुख्यमन्त्री बन्ने संंकेत
सम्बन्धित समाचार : लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत
सम्बन्धित समाचार : मुख्यमन्त्री शङ्कर पोखरेल दिए राजीनामा

Tags :
प्रतिक्रिया दिनुहोस