सीता दाहाल अस्पताल भर्ना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सीता दाहाल अस्पताल भर्ना


१५ बैशाख २०७८, बुधबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रचण्डको पारिवारिक स्रोतका अनुसार सीतालाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अस्पताल पुर्‍याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र आज केही सुधार देखिएको चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बतायो ।

लामो समयदखि सीता दाहाल पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एसपी.) बाट पीडित छिन् ।

उनलाई गत पुसमा भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस