एकै दिनमा ३१२२ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

एकै दिनमा ३१२२ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु


१२ बैशाख २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २५२ जना आईसीयू र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२।५ प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस