तत्कालै देशव्यापी लकडाउन आवश्यक छैन : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तत्कालै देशव्यापी लकडाउन आवश्यक छैन : प्रधानमन्त्री ओली


११ बैशाख २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले बढ्दै गएको कोरोना सङ्क्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा उनले अहिले नै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

शनिवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका सदस्यले कोरोना सङ्क्रमणको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको र सङ्क्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्ने भन्दै तत्कालै लकडाउन गरिहाल्ने अवस्था नरहेको प्रधानमन्त्रीले बताएको सहभागी एक अधिकारीले बताए ।

प्रधानमन्त्री ओलीले पछिल्लो पटक सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न निर्देशन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस