नेपाल र गौतमबीच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल र गौतमबीच भेटवार्ता


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । जनकपुरबाट नेता नेपाल फर्किए लगत्तै गौतमसँग उनले भेटवार्ता गरेका हुन् ।

विहानै टेलिफोनमा कुराकानी गरेका नेपाल र गौतमबीच नागपोखरीमा भेटवार्ता भएको हो । विहीवार साँझ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग ‘डिनर’ भेटघाट गरेका थिए ।

गौतमले एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन् । नेपाल समूहले पनि यही माग राखिरहेको छ । तर, गौतमले भने छुट्टै राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस