वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु « प्रशासन
prasaLogo
१० बैशाख २०७८, शुक्रबार

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु


प्रकाशित मिति : 23 April, 2021 5:54 pm

वीरगञ्‍ज । वीरगञ्जमा बाराका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुसिमरा उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय पुरूषको मृत्यु भएको हो ।

नारायणी अस्पताल स्थित आइसोलेसन वार्डमा उपचारको क्रममा अपरान्ह साँढे ४ बजे उनको मृत्यु भएको हो । स्वास प्रस्वासमा देखिएको समस्या जटिल भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

स्वास्थ्यमा समस्या भएपछि बैशाख ६ गते उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको थियो । नारायणी अस्पतालकै पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बैशाख ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस