एक किलो चरेशसहित होटल संचालक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक किलो चरेशसहित होटल संचालक पक्राउ


१० बैशाख २०७८, शुक्रबार


काठमाडौँ । प्रहरीले चरेश कारोबार गरेको आरोपमा कैलालीको धनगढीमा होटल संचालन गरेर बस्ने चक्र बहादुर रोकायालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका संचालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ घर भएका चक्र बहादुरको होटलबाट १ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीबार पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस