सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिरियाका राष्ट्रपति बसर अल असद अर्को कार्यकालका लागि पनि निर्वाचन लड्ने


एजेन्सी

९ बैशाख २०७८, बिहिबार


सिरिया । सरियाली राष्ट्रपति बसर अल असदले बुधबार चौथो कार्यकालका लागि निर्वाचनमा भाग लिने निर्णय गरेका छन् ।

सिरियाली सभामुख पति हम्मदा साबबागले राष्ट्रपति पदको निर्वाचन मे २६ मा गर्ने जानकारी गराए लगत्तै अल असदले चौथो पटक राष्ट्रपतिको निर्वाचनमा जाने निर्णय सार्वजनिक गरेका हुन्।

निर्वाचनको मिति औपचारिकरूपमा तय गरिएपछि अब्दुल्लाह सल्लम अब्दुल्लाह र मोहम्मद फिरास यासिन राजजुहले आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । सिरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति उम्मेद्वार हुने निर्णय फाटेन अली नाहरले पनि गरेका छन् ।

सन् २०१४ मा निर्वाचनमा करिब ९० प्रतिशत मत ल्याएर विजय भएपछि असदले निर्वाचनमा धाँधली गरी आफ्नो पक्षमा मतदान गराएको आरोप लगाइएको थियो ।

निर्वाचनमा जानका लागि सिरियाको वर्तमान संसद्का ३५ सदस्यको समर्थन रहेको जानकारी त्यहाँको सर्वोच्च संबैधानिक अदालतमा पेश गर्नुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस