घरभित्रै महिलाको शव भेटियो, श्रीमान फरार « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

घरभित्रै महिलाको शव भेटियो, श्रीमान फरार


९ बैशाख २०७८, बिहिबार


हत्या

वीरगञ्‍ज । बारामा एक महिलाको हत्या भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–३ छिमेक बैंक टोल बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो ।

आफ्नै घरको दोस्रो तल्लाको बरण्डामा उनको शव भेटिएको छ । निधार र टाउकोमा गह्रौं वस्तुले हानेको चोट देखिएको र शव नजिकै इँट्टा पनि भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनापछि महिलाका श्रीमान फरार छन् । उनले नै हत्या गरेर भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । प्रहरीले उनको खोजी गरिरहेको छ।

मादक पदार्थ सेवन गरेर आउँदा बाबु आमाबीच प्रायः झगडा भइरहने ती दम्पतीका छोराहरुले बताएका छन् । बुधबार राति पनि बाबुआमाबीच विवाद भएको र बिहान माथिल्लो तलामा हेर्न जाँदा आमा मृत अवस्थामा देखिएको उनीहरुले प्रहरीसमक्ष बताएका छन्।अहिले थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस