सरकारद्वारा पाँच मुलुकमा नो अब्जेक्सन लेटर रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारद्वारा पाँच मुलुकमा नो अब्जेक्सन लेटर रोक


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ ।

मुलुकमा कोभिड-१९ को नयाँ प्रजाति फैलिएको बताउँदै जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बङ्गलादेश र चीनका लागि रोक लगाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म एनओसी जारी गर्न रोक लगाइएको जनाएको हो ।

ती देशमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृति पत्र(एनओसी) जारी गर्ने कार्य निरन्तर हुने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस