काँग्रेसको निर्वाचन समिति संयोजकमा कानुन व्यवसायी यादव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेसको निर्वाचन समिति संयोजकमा कानुन व्यवसायी यादव


८ बैशाख २०७८, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा कानुन व्यवसायी महादेवप्रसाद यादवलाई चयन गरेको छ।

बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो।

यादव पूर्वमहान्याधीवक्ता पनि हुन्। १४ औँ महाधिवेशन गर्न काँग्रेसले निर्वाचन समिति संयोजक चयन गरेको हो। भदौ ७ देखि १० सम्म काँग्रेसको महाधिवेशन तय भएको छ ।

यसअघि निर्वाचन समिति संयोजक रहेका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले हालै राजीनामा दिएका थिए। अधिकारीले दिएको राजीनामा काँग्रेस केन्द्रीय समितिले स्वीकृत गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस