पहिलोपटक मंगलग्रहमा नासाको हेलिकप्टर उडान सफल(भिडियोसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिलोपटक मंगलग्रहमा नासाको हेलिकप्टर उडान सफल(भिडियोसहित)


७ बैशाख २०७८, मंगलबार


एजेन्सी । नासाले मंगलग्रहमा पहिलोपटक सफालतापूर्वक हेलिकप्टर उडाएको छ । अमेरिकी अन्तरिक्ष निकाय (नासाले) इन्जेन्युएटी नामको ड्रोनयुक्त सानो हेलिकप्टर पहिलोपटक मंगलग्रहमा उडाउन सफल भएको हो ।

उक्त हेलिकप्टर एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ।

बीबीसीका अनुसार त्यसको पुष्टि मङ्गल ग्रहस्थित एउटा भू–उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त हेलिकप्टरको डेटा पठाएको थियो। इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने नासाले बताएको छ । उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मङ्गल ग्रह पुर्‍याएको हो। पर्सिभिअरन्स रोभर गत फेब्रुअरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो।

नासाले मानिसले अर्के ग्रहमा पहिलोपटक हेलिकप्टर उडाउन सफल भएको बताएको छ ।

उडेदेखि अवतरण गर्दासम्म त्यो सबै गर्दा करिब ४० सेकेन्ड लागेको छ। रातो ग्रह भनिने मङ्गल ग्रहमा उडान सजिलो छैन। वायुमण्डल निकै पातलो छ। त्यहाँ पृथ्वीको वायुमण्डलको १ प्रतिशत घनत्व छ।

जसले गर्दा उचाइ प्राप्त गर्न विमानको पङ्खालाई निकै कम अवसर मिल्छ अर्थात् पङ्खा धेरै घुम्नुपर्ने हुन्छ। मङ्गल ग्रहमा न्युन गुरुत्वाकर्षणले सहयोग नै गर्छ तर जमिन छाड्न निकै काम गर्नुपर्छ। त्यसैले इन्जेन्युएटीलाई निकै हलुङ्गो बनाइएको थियो।

पृथ्वीमा पहिलो पटक सन् १९०३ मा नियन्त्रित र यन्त्रचालित विमान विलबर र ओर्विल राइटले उडाएका थिए।

इन्जेन्युएटीले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो।

विमानको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो। त्यसकै भरमा उक्त उडानको निम्ति प्रतिमिनेट २५ सयभन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो।

मङ्गल ग्रहको दूरी ३० करोड किलोमिटर छ। इन्जेन्युएटीसँग दुईवटा क्यामेरा छन्। श्यामश्वेतको प्रयोग यात्रा र जमिनको पहिचानमा हुन्छ। अर्को क्यामेरा रङ्गीन छ। आकाशमण्डल हेर्न त्यसले प्रयोग हुन्छ।

नासाले शनि ग्रहको ठूलो उपग्रह टाइटको निम्ति हेलिकोप्टर अभियानलाई अनुमोदन गरिसकेको छ। ड्रागनफ्लाइ नाम दिइएको उक्त मिसन २०३० को दशकको मध्यमा टाइटलमा अवतरण गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस