भारतमै कोरोना पुष्टि भएका दैलेखका एक पुरुषको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमै कोरोना पुष्टि भएका दैलेखका एक पुरुषको मृत्यु


प्रशासन संवाददाता

५ बैशाख २०७८, आइतबार


काठमाडौँ । कोरोना संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ । दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ ।

उनी १५ दिनअघि भारतबाट फर्किएका थिए । उनलाई कोरोना संक्रमण भएको पुष्टि भारतमै भएको थियो । तर ढाँटेर आएको पाइएको छ । उनी गाउँ आउँदा कागजात च्यातेर फर्किएका थिए । नेपालगञ्ज नाकामा बुझ्दा उनको कोरोना संक्रमित भएको रेकर्ड देखिएको छ ।

नेपालगञ्जमा रहँदा गम्भीर बिरामी भएपछि उनलाई उपचारका लागि शनिबार दुल्लु अस्पताल, दैलेख पुर्‍याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस