राष्ट्रियसभामा सदस्य पद रिक्त, ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभामा सदस्य पद रिक्त, ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने


५ बैशाख २०७८, आइतबार


काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद खारेज भएपछि राष्ट्रियसभा सदस्यको पद रिक्त भएको छ । कानुनी व्यवस्था अनुसार रिक्त पदमा ३५ दिभित्र उपचुनाव गर्नुपर्ने हुन्छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव गराउने उल्लेख छ।

‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ’ राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।

बादल २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी केपी पक्षमा लागेपछि माओवादीले उनको पद रिक्त गराउन संसद सचिवालयमा लिखित पत्र दिएको थियो । सोही अनुसार बादलको पद रिक्त भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस