सर्वदलीय बैठक आज ११ बजे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सर्वदलीय बैठक आज ११ बजे


४ बैशाख २०७८, शनिबार


काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान ११ बजे बस्दै छ ।

मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफल बैठकमा संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिने बुझिएको छ ।

संसदमा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी(जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस