आज यी जिल्लामा दियो सरकारले सार्वजनिक बिदा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

आज यी जिल्लामा दियो सरकारले सार्वजनिक बिदा


प्रशासन सिंहदरवार ब्युरो

२ बैशाख २०७८, बिहिबार


काठमाडौँ । सरकारले सिरुवा–पवानी पर्वको उपलक्ष्यमा आज पाँच जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार २०७८ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म वर्षभरिमा दिइने सार्वजनिक बिदा गत चैत्र ९ गतेको राजपत्रमा प्रकाशित गरेको थियो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार नै २०७८ सालको सिरुवा–पावनी पर्व वैशाख २ गते बिहीबार पर्न गएकोले सो दिन पाँच जिल्लामा बिदा दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस