२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनकामना केबुलकार नियमित सञ्चालन

अ+ अ-

मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ ।

स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो ।

यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

तेइस वर्ष पूरा भएको मनकामना केबुलकारको तीन चरणमा स्तरोन्नति गरिँदै छ । यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार छ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उनले बताए।

महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ ।

अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए । दुई वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस