बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु


३० चैत्र २०७७, सोमबार


बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्यूठान स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देही तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो।

प्यूठानका पुरुषको गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना भएका थिए । उनको आज बिहान ५ बजे र चैत २३ गते भर्ना भएकी महिलाको बिहान ७ः२३ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

दुवै जनामा निमोनियाको समस्या रहेको थियो । यसअघि बुटवलमा आइतबार पनि नवलपरासीका एक संक्रमितको मृत्यु भएको थियो। पछिल्लो समय रूपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

शनिबारसम्म रूपन्देहीमा २० जनामा संक्रमण पुष्टि भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस