कोरोना बढेको खण्डमा ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुने

काठमाडौँ । बलिउड स्टार अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने तयारी गरिएको छ । तर, भारतमा दिनानुदिन कोरोना भाइरस बढ्दो क्रममा देखिन थालेको छ ।
अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मितिसमेत रोकिसकेको छ । अब, सबैको आँखा अर्का अभिनेता सलमान खान अभिनित फिल्म ‘राधे’ माथि गाडिएको छ।
अभिनेता खानले हालै दिएको एक अन्तरवार्तामा महाराष्ट्रमा अप्रिल ३० सम्म लागू गरिएको रात्रीकालिन लकडाउन बढेको खण्डमा फिल्म प्रदर्शन नहुने बताएका छन् । खानले यदि मानिसहरुले मास्क लगाएनन्, सरकारले दिएको निर्देशन पालना गरेनन् भने, भारतमा कोरोना संक्रमितको संख्या बढ्ने बताए ।
यसैले, अप्रिल ३० सम्मको लकडाउन र कोरोना संक्रमितको संख्या हेरेर फिल्म प्रदर्शन के गर्ने भन्ने बिषयमा निर्णय हुने खानको भनाई छ । उनले यदि, यो बर्षको इदमा फिल्म प्रदर्शन हुन नसकेको खण्डमा अर्को बर्षको इदमा प्रदर्शन गर्ने बताएको छन् ।
निर्देशक प्रभु देवाको निर्देशन रहेको यस फिल्ममा सलमान र नायिका दिशा पटानीको मुख्य भूमिका रहेको छ ।