नुवाकोटको वडा कार्यालय तोडफोड, नगदसहित सिसिटिभी र मोनिटर चोरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नुवाकोटको वडा कार्यालय तोडफोड, नगदसहित सिसिटिभी र मोनिटर चोरी


२५ चैत्र २०७७, बुधबार


नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ पुरानोडाँडास्थित वडा कार्यालय भवन तोडफोड भएको छ ।

गएराति वडा कार्यालय भवन तोडफोड गरी नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर समेत चोरी भएको छ  ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस