ब्राउन सुगरसहित तीनजना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ब्राउन सुगरसहित तीनजना पक्राउ


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौं । भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट ब्राउन सुगरसहित तीनजना पक्राउ भएका छन् । उनीहरुलाई बिहीबार राति साढे ८ बजे पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का ४० वर्षीय लोकेन श्रेष्ठ‚ भद्रपुर नगरपालिका–१० का ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेका छन्।

उनीहरुको साथबाट ब्राउन सुगर नौ ग्राम ११० मिलिग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस